काठमाण्डौ । कोभिड संक्रमणको ग्राफ उकालो लाग्दै गएपछि नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वर्क फ्रम होम, सिफ्टवाइज वर्क, रिमोट एक्सेस लगायतका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । 

बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक ९ बुँदे निर्देशन जारी गर्दै सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न भनेको हो । 

बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति वा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

सेवाग्राहीको आवतजावत सकेसम्म कम हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरु यथासंभव विद्युतीय माध्यमबाट गर्न गराउन प्रोत्साहित गर्न केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थाले संचालन गर्ने एटीएम बुथहरुबाट हुनसक्ने संक्रमण जोखिम न्यूनिकरण गर्न ढोका खुल्ला राखी स्यानिटाइजर र टिस्यू पेपरको व्यवस्था गर्नुपर्ने, बैठक, गोष्ठी, सेमीनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने तथा यथासंभव यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउनुपर्नेछ । 

कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य वातावरण निर्माण गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । 

केन्द्रीय बैंकले जारी गरेको बाँकी निर्देशनका बुँदाहरु यस्ता छन्: