काठमाण्डौ । अब बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीहरुले लघुवित्त संस्थाबाट ऋण लिन नपाउने भएका छन्।

राष्ट्र बैंकले आज एकीकृत निर्देशनमा संशोधन गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीहरुले लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा लिन योग्य नहुने व्यवस्था गरेको छ। यसअघि यस्तो व्यवस्था थिएन। 

यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए÷नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाका आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्थासमेत) कर्जा लिए/नलिएको यकिन गर्नुपर्नेछ।

तर, यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविकबमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन । यसका साथै साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा सत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। 

बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्ने व्यस्था राष्ट्र बैंकले गरेको छ।