– अर्जुन तिमिल्सिना
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले अब ब्याजदर बढ्ने सम्भावना नरहेको बताएका छन्।
बिजशालासँगको कुराकानीका अध्यक्ष ढकालले राष्ट्र बैंकले ब्याजदर बढाउन नरोके पनि ब्याजदर बढ्दा बैंकहरुकै लागत बढ्ने र थप निक्षेप नबढ्ने भएका कारण अब ब्याजदर नबढ्ने बताएका हुन्। ‘अर्थमन्त्रीद्वारा गठित समितिले ब्याजदर घटाउन भने सक्दैन तर बजारले आफैँ घटाउनेछ’, उनले भने।
पछिल्लोपटक बैंकको ब्याज बढेपछि इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोषलगायत संस्थागत तथा व्यक्तिगत सबैको मुख्य धन्दा बैंकमा पैसा राखेर ब्याज खाने बनेको ढकालको आरोप छ। ‘यतिमात्रै नभएर चल्ती खाताको पैसा पनि मुद्दति निक्षेप (एफडी)मा सार्न थालिएको छ’, उनले भने, ‘अहिले सबैले बैंकमा पैसा राखेर ब्याज खाने ट्रेन्ड चलेको छ। यसले बैंकहरुलाई मात्रै नोक्सान नभएर समग्र देशको अर्थतन्त्रलाई नै क्षति पुग्न सक्छ।’
संघीय चुनावमा बढी खर्च हुने भएकोले तरलता सहज हुने ढकालको भनाइ छ। ‘चुनावपछि कम्तीमा २ वर्ष स्थायी सरकार हुने भएकोले पुँजीबजारलगायत सबै क्षेत्र चलायमान हुनेछ’, उनले भने।
हाल कोरोनाको प्रभाव बल्ल देखा परेको र नेपालमा मात्रै नभएर विश्वभरि नै यसको प्रभाव परिरहेको ढकालले बताए। ‘नेपालको अर्थतन्त्रको आकार बढेको छ, व्यापार घाटा पनि बढेको छ’, उनले भने, ‘तर, रेमिट्यान्स भने बढ्न नसक्नुु डरलाग्दो अवस्था हो।’
तरलता सहज भएको अवस्थामा बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने ढकालको सुझाव छ। ‘राज्यले सोहीअनुसारको नीति ल्याउन आवश्यक देखिन्छ’, उनले भने।
2 minutes ago
34 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago