काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला भारतमा प्रवेश गरेको छ।

अमेरिकी कम्पनी टेस्लाले भारतमा आफ्नो युनिट रजिस्टर्ड गरेको हो। सरकारी अधिकारीहरुका अनुसार भारतको बेंगलुरुमा टेस्ला इन्डिया मोटर्स एन्ड एनर्जी प्राइभेट लिमिटेडको नाममा कम्पनी रजिस्टर्ड गराएको हो। 

अब भारतमा यो कम्पनीले एउटा रिसर्च एन्ड डेभलपमेन्ट युनिटका साथै कार उत्पादन सुरु गर्नेछ। अब टेस्लाले भारतमा लग्जरी इलेक्ट्रिक कर निर्माण गर्नुका साथै बिक्रीवितरण पनि गर्नेछ। 

बेंगलुरुमा रजिस्टर्ड भएको टेस्लाको निर्देशकमा वैभव तनेजा, वेंकटरंगम श्रीराम र डेभिड जोन फेन्स्टिन छन्। तनेजा सीईओमा नियुक्त भएका छन् भने फेन्स्टिन ग्लोबल सिनियर डाइरेक्टरमा चुनिएका छन्।

टेस्लाका सीआईओ एलन मस्कले गत वर्ष अक्टोबरमा ट्विट गर्दै सन् २०२१ मा टेस्ला भारत प्रवेश गर्ने खुलाएका थिए। – एजेन्सी