काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिनमात्र बाँकी रहेको छ। 

यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न छिटो किन्नुहोस् टीभीएसमा कुनै पनि दुईपांग्रे सवारीसाधन। यो योजनामार्फत धेरै ग्राहकले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका  छन्। 

यो योजनाअन्तर्गत नकिन्दै १ लाख, किन्दा १० लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउने छन्। यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले  रियलमी सी३० स्मार्टफोन र २५% डाउनपेमेन्ट र रु. ४ हजार २७७ को मासिक ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन्। 

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादन, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।