काठमाण्डौ । अब विदेश भ्रमणमा जाने नेपालीहरुले प्रतिराहदानी वर्षमा २ पटकमात्रै अमेरिकी डलर सटहीको सुविधा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थासँगै अब भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपालीहरुले वर्षमा दुईपटकमा नबढ्ने गरी डलर सटही गर्न पाउनेछन्। नेपाल नागरिकहरुले राहदानीबापत प्रतिपटक १ हजार ५०० अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सहटी सुविधा पाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ। 

सटही सुविधा उपलब्ध गराउँदा वाणिज्य तथा विकास बैंकहरुले ग्राहकबाट स्रोतको स्वघोषणा लिनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। 

राहदानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानी बाहक स्वयं उपस्थित हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।