काठमाण्डौ । अब सरकारी ऋणपत्र पनि दोस्रो बजारमा कारोबारमा ल्याउने तयारी गरिएको छ। 

राजधानीको कालिकास्थानमा नेपाल स्टक हाउस ब्रोकर नं. १४ को आफ्नै भवनको शुक्रबार उद्घाटन कार्यक्रम नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगालले यस्तो खुलासा गरेका हुन्। उनलेसरकारी ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न ५० प्रतिशत ऋणपत्रको डिम्याट गर्ने काम सकिएको पनि जानकारी दिए। 

ढुंगानाले सरकारी ऋणपत्र दोस्रो बजारमा कारोबार गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार सरकारी ऋणपत्र दोस्रो बजारमा जाँदा ब्रोकरमार्फत नै कारोबार हुनेछ।

ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो। जसमा लगानीकर्ताले निश्चित समयपश्चात ऋणपत्र जानकारी गर्ने कम्पनीबाट सावा तथा ब्याज प्राप्त गर्छन्।

अध्यक्ष ढुंगानाले यो वर्ष सेयर बजारमा १६ वटा रेकर्ड ब्रेक भएको पनि बताए। ‘नेप्से परिसूचक पहिलोपटक २६ सय विन्दु पार गर्यो’, उनले भने, ‘कारोबार रकम पनि यसै वर्ष सर्वाधिक भयो।’ 

ढुंगानाले सेयर बजारमा लगानीकर्ताहरुले व्यक्तिसँग लिइने ५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम रहेको बताए।