काठमाण्डौ । सीताराम दूधले विगत २५ वर्षदेखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनिर, लस्सी, दही, फ्रेस मिल्क, दूध) बिक्री वितरण गर्दै आएको कुरा समय सँगसँगै आफूलाई परिवर्तन गर्दै तथा उत्पादनहरुको प्यकिङमा नयाँपन दिन क्रममा हाल बजारमा बिक्रीबितरण गर्दै आइरहेको सीतारम घ्यु अब नयाँ प्याकिङमा बजारमा आजबाट बिक्रीवितरण सुरु गरेको छ। 

आकर्षक बट्टामा प्याकिङ गरिएको अत्याधुनिक प्रविधिबाट उत्पादित सीतारम घ्यूको यो प्याकेट आजबाट आइसकेको कम्पनीले जनाएको छ। 

सीताराम गोकुल मिल्क्स काठमाण्डौ प्रालिले सीताराम दूध उत्पादन र बिक्रीवितरणको २५ वर्ष पुगेको शुभ अवसरमा विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ। सीताराम दूध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो। केडिया अर्गनाइजेसनको भागिनी संस्थाका रुपमा स्थापना भएको सीताराम गोकुल मिल्कस् काठमाण्डौ प्रालिको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा रहेको छ।

सीताराम गोकुल मिल्कस प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हजाराँै जनतालाई रोजगारी दिन सफल भएको छ, विगत २५ वर्षदेखि। यतिमात्र होइन दूधले राम्रो आम्दानी गरी आर्थिक आय सिर्जनाको मुख्य स्रोत कृषिमध्येको गाईपालन हो भन्ने तथ्यलाई समेत प्रमाणित गर्न सफल भएको छ। किसानको गोठदेखि आम जनताको ओठसम्मे सीताराम डेरीले दूध तथा यसबाट उत्पादित दुग्धजन्य पदार्थहरु पुरयाएको छ।  

सीताराम गोकुल मिल्कस २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भई सञ्चालन हुँदैआएको छ। सीताराम गोकुुल मिल्कसले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध संकलन गरिरहेको छ।

दूधबाट प्रोटिन, लिपिडस, क्याल्सियम र पोटासियमजस्ता पौस्टिक तत्व पाइनाका साथै स्वस्थ शरीर र नियमित विकासमा दूधको महत्व आधुनिककालमा समेत वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ।