काठमाण्डौ । जापानमा एक प्राध्यापकले स्क्रिन चाटेर टीभीभित्र देखाइएका खानेकुराको स्वाद चाख्न सकिने उपकरणको विकास गरेका छन्।
टेस्ट–द–टीभीको संज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रिनमाथि बिच्छ्याइने ‘स्वच्छ झिल्ली’ मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन्।
मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताले यो उपकरणको विकास गरेका हुन्। उनका अनुसार उनको यो आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ।
बजारमा ल्याउने गरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा केही बढी) पर्न जाने प्राध्यापक होमेईको अनुमान छ। ‘घरमै बसेको बेला पनि मानिसहरुलाई बाहिरको संसारमा भएको कुनै रेस्टुराँमा खाएको अनुभव प्रदान गर्न सम्भव बनाउने उद्देश्य हो’, उनले भने।
स्वाद प्रवाहित गर्ने प्रविधि प्रयुक्त अन्य सम्भावित साधन उत्पादन गर्न होमेईले उत्पादकहरुसँग कुरा गरिरहेको बताइएको छ।
उनले स्वाद ‘डाउनलोड’ गर्न सकिने प्रविधियुक्त विश्वको परिकल्पना गरेका छन्।
होमेईका अनुसार कोभिड–१९ महामारी फैलिएको बेला यस्तो प्रविधिले मानिसलाई बाह्य संसारसँग सम्पर्कमा राख्ने शैलीलाई बलियो बनाइदिन सक्छ।
विगतमा पनि प्राध्यापक होमेई र उनका विद्यार्थीले स्वादसँग सम्बन्धित विभिन्न साधन बनाएका छन्। तीमध्ये एउटा काँटाले ‘खानाको स्वाद अझै राम्रो’ बनाउने बताइन्छ। – बीबीसीबाट
5 minutes ago
30 minutes ago
37 minutes ago
45 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago