काठमाण्डौ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र  हुन्डाई भेन्यू १.२ एसप्लस कार सार्वजनिक गरेको छ।

यी दुवै कार भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन्। १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी रहेको कारमा ८३पीएस/६०००आरपीएमको सर्वाधिक पावर रहनेछ भने १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीका साथसर्वाधिक पावर १२०पीएस/६०००आरपीएमको रहनेछ। 

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ। हुन्डाई भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्लनल्स भएका विद्युत्ले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सुसज्जित छ। यसको आर१५ डायमन्ड कट एलोइ पांग्रा तथा रिअर क्यामेराको साथ हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिनेछ। 

हुन्डाई भेन्यू १.२ एसप्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ। जसअन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्टसहितको एलईडी डीआरएल लाइट विशेष छन्।

इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिन्छ। सो सेगमेन्टमा नयाँ आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो इन्धन दक्षता र मजाको ड्राइभिङ अनुभव गर्न पाइन्छ। उत्कृष्ट यात्राको अनुभव गराउन हुन्डाई भेन्यू आईएमटी  र  हुन्डाई भेन्यू १.२ एसप्लसमा नवीनतम विशेषताहरु जस्तै रियोस्ट्याटसहितको एड्भान्स सुपरभिजन क्लस्टर, ड्राइभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन्। जसले हुन्डाई भेन्यूू आईएमटी  र  हुन्डाई भेन्यू १.२ एसप्लसलाई एउटा सुरक्षित यात्राको सहयात्री बनाएको छ। 

हुन्डाई भेन्यू आईएमटी  र  हुन्डाई भेन्यू १.२ एसप्लस थप विशेषताहरुमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्ससहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रियर एसी भेन्ट रहेको छ।

यी गाडीहरुको सुरुआती मूल्य हुन्डाई भेन्यू १.२ एसप्लस ४४ लाख ५६ हजार रुपैयाँ र हुन्डाई भेन्यूू आईएमटी ४४ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ।