काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा संस्थाले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा भने ७२.३८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ६० लाख ९१ हजार रुपैयाँमा सीमित बनेको छ।
दोस्रो त्रैमासमा संस्थाले ४ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड ४३ लाख रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १८.९९ प्रतिशतले घटेको छ।
चुक्तापुँजी २५ करोड संस्थाको रिजर्भको आकार १२५.६१ प्रतिशतले बढेर ४ करोड ९७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड २० लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा संस्थाले १ अर्ब ५३ करोड रुपैयाँ सपाटी लिई २ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
दोस्रो त्रैमासमा संस्थाको एनपीएल बढेर ३.५३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.७३ प्रतिशत थियो।
वार्षिकीकृत संस्थाको ईपीएस १२.३८ रुपैयाँ, पीई रेसियो ६०.३३ गुणा र प्रतिसेयर नेटवर्थ ११९.५१ रुपैयाँ रहेको छ।
4 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago