काठमाण्डौ । अमेरिकालाई विश्वकै महान देश बनाउने अभियानले विश्वका अधिकांश ठूला अर्थतन्त्रहरुमा कम्पन मच्चाइरहेको छ । ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार डलरको बढ्दो मूल्य, बढ्दो ब्याजदर तथा चीनसँग जारी अमेरिकाको व्यापार युद्धका कारण यस्तो अवस्था सिर्जना गरिदिएको छ कि यो वर्ष विश्वका कुनै पनि देशको आर्थिक वृद्धिदर सकारात्मक हुने छैन, अमेरिका बाहेक । 

नेटवेस्टमा क्रस एसेट स्टेरटेजीका प्रमुख दिम म्याक कार्मिकले भनेका छन् कि फेडरल रिजर्बबाट २०१८ मा ब्याजदर बढाउने फैसलाले डलरको मूल्य बढाइदिएको छ र यहीकारणले अन्तराष्टिय कर्जा लिने ऋणिहरुलाई त्यस्तो ऋण चुकाउन निकै सकस बनाइदिएको छ  । यस्तै कैयन शक्तिशाली भनिएका देशहरु समेत यो बेला हैरानीको सामना गरिरहेका छन् । 

एकातिर अमेरिकासँगको व्यापार युद्धका कारण चीनले नोक्सानस् व्यवहोरिरहेको छ भने जापानमा समेत आर्थिक स्लोडाउन सुरु हुनसक्ने संकेत देखिएको अर्थशास्त्रीले बताउन थालेका छन् । इटलीमा त्यहाँको परिवर्तित आर्थिक नीतिका कारण लगानीकर्ता संकटग्रस्त अवस्थामा छन् भने ब्रेग्जिटका कारण थिलथिलो भएको ब्रिटेनको अर्थतन्त्रलाई अझै ठूलो सकस परिरहेको छ । 

यसका साथै विश्वकै उदाउँदो अर्थतन्त्र ठानिएको भेनेजुएला यतिबेला महामहंगीको चपेटामा परेको छ भने अर्जेन्टिनाले आफ्नो मुद्रा बचाउनैका लागि मूल्य बढाउने अभियानमा लागिसकेको छ। ब्राजिल, साउथ कोरिया, ताइवान, भारत जस्ता देशहरुको व्यापारमा प्रत्येक साल ५ प्रतिशतले घटिरहेको छ । 

ब्लुमबर्गका मुख्य अर्थशास्त्री टम अर्लिकले भनेका छन् कि चीनलाई छाडेर हेर्दा गत वर्ष ग्लोबल आउटपुटमा डेभलपिंग इकोनोमीको हिस्सा झरेर २४.६ प्रतिशतमा सीमित बन्न पुगेको छ, जब कि सन् २०१३ मा यस्तो हिस्सा २६.७ प्रतिशतको उचाईमा थियो । यस्तै, क्रस बोर्डर व्यापार समेत उस्तै मन्दी आएको उनको भनाई छ ।