काठमाण्डौ । अमेरिकाको आर्थिक विकास दर यो वर्षको तेस्रो त्रैमास (जुलाई–सेप्टेम्बर) मा रेकतोर्ड ३३.१ प्रतिशत रहेको छ। यो एक महिनापहिले जारी गरिएको पहिलो अनुमानबराबर नै हो।

कोरोना संक्रमणको नयाँ लहरका कारण अमेरिकाको आर्थिक विकास दर चौथो त्रैमास (अक्टोबर–डिसेम्बर) मा भारी गिरावट आउने आशंका गरिएको छ। केही अर्थशास्त्री त अमेरिका दोस्रो पुनः मन्दी फस्ने आशंका पनि गरिरहेका छन्। 

अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार जीडीपीको विकार दर पहिले अनुमान गरेबराबर नै रहेको जनाएको छ। यद्यपि केही कम्पोनेन्टको विकास दरमा बदलाव गरिएको छ। बिजनेस इन्भेस्टमेन्ट, हाउजिङ र एक्पोर्टमा पहिले गरिएको अनुमानको तुलनामा निकै बढोत्तरी भएको छ। जब कि स्टेट र लोकल गभर्नमेन्ट स्पेन्डिङ, बिजनेस इन्भेन्ट्रिज र कन्ज्युमर स्पेन्डिङको प्रदर्शन पहिले गरिएको अनुमानको तुलनामा खराब रहेको छ।

यो तेस्रो. त्रैमासमा देखिएको आर्थिक विकार दर सन् १९४७ पछिकै सबैभन्दा बढी रहेको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ। यसअघि सन् १९५० मा रेकर्डतोड १६.७ प्रतिशत विकास दर वृद्धि भएको थियो। 

तेस्रो त्रैमास जीडीपीले छलाङ मारे पनि पहिलो र दोस्रो त्रैमासमा जुन नोक्सानी भएको, त्यो पूर्ण रुपले पूर्ति हुन सकेको छैन। दोस्रो त्रैमास (अप्रिल–जुन) मा अमेरिकाको जीडीपीमा रेकर्डतोर्ड ३१.४ प्रतिशतको गिरावट आएको थियो। पहिलो त्रैमास (जनावरी–मार्च) मा भने जीडीपी ५ प्रतिशतले घटेको थियो। – एजेन्सी