काठमाण्डौ । अमेरिकामा बैंकिङ संकट गहिरिँदै गएको छ।
सिलिकन भ्याली बैंक बन्द भएको दुई दिन नबित्दै फेरि अर्को सिग्नेचर बैंकमा ताला लगाइएको छ। सिग्नेचर बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो। त्यसको जोखिमका कारण यो बैंक केही समयका लागि बन्द गरिएको छ।
गत शुक्रबार सिग्नेचर बैंकको सेयरमूल्य घटेको थियो। यो न्युयोर्कस्थित एउटा क्षेत्रीय बैंक हो।
न्युयोर्क स्टेटको फाइनान्स सर्भिस डिपार्टमेन्टका अनुसार फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिग्नेचर बैंक आफ्नो नियन्त्रणमा लिएको छ। २०२२ को अन्त्यसम्म यो बैंकको सम्पत्ति ११०.३६ अर्ब डलर रहेको थियो।
फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन र फेडरल रिजर्भले अन्य बैंकहरु सिलिकन भ्याली बैंकको संकटबाट प्रभावित नहोस् भनेर फन्ड तयार गर्ने योजना गरिरहेका छन्। अमेरिकी फेडरल रिजर्भले आज सोमबार आकस्मिक बैठक बोलाएको छ । यसमा अमेरिकी फेडरल रिजर्भ बोर्ड अफ गभर्नरले यस संकटसँग जुध्न उपायहरुबारे छलफल गर्नेछ। –एजेन्सी
18 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
4 hours ago
4 hours ago
4 hours ago