काठमाण्डौ । अमेरिकाको डाउ फ्युचर मंगलबार उकालो लागेको छ।

यो समाचार तयार पार्दासम्म डाउ फ्युचरमा २४७ अंकको बढोत्तरी आएको छ। यूबीएसले डुब्न लागेको क्रेडिट स्विस बैंकलाई खरिद गरेसँगै र केन्द्रीय बैंकले तरलता बढाउने कार्य गर्दैगर्दा लगानीकर्ताको मनोबल बढेको हो।

गत सोमबार फर्स्ट रिपब्लिक बैंक तल्लो विन्दुबाट लगभग २४ प्रतिशतले बढोत्तरी आएको थियो। योसँगै युरोपेली सेयर पियन बजारमा पनि आज बढोत्तरी आएको छ। 

यो समचार तयार पार्दासम्म  युरोपेली बजारमा आज जर्मनको ड्यक्स करिब २ प्रतिशतले बढेर १५१९० मा कारोबार भइरहेको छ। लन्डनको फुट्सी १०० मा पनि १०५ अंकले बढेको छ। फ्रान्सको क्याकमा ११३ अंक र इटालीको फ्ट्सी मिबमा ६४० अंकको बढोत्तरी आएको छ। 

आज भारतको सेन्सेक्समा पनि बढोत्तरी आएको छ। सेन्सेक्स ४४५ अंकले बढेर बन्द भएको छ। 

त्यसैगरी बिट्क्वाइन पनि २८ हजार डलर माथि कारोबार भइरहेको छ। – एजेन्सी