काठमाण्डौ । अमेरिकापछि अब अस्ट्रेलियामा पनि आर्थिक मन्दीको संकेत देखिएको छ।
रियल स्टेट बजारमा ग्राहकको उदासीनता प्रस्ट देखिन्छ। आम्दानी अनुपातमा कर्जा १८७.२ प्रतिशतको रेकर्ड वृद्धिले जोखिम बढाएको छ।
सन् १९९१ को मन्दीपछि पहिलोपटक यस्तो अवस्था अस्ट्रेलियामा देखिएको छ। यसको मुख्य कारण ब्याजदर वृद्धि, आम्दानीभन्दा कर्जाको दर बढी हुनु र महँगीलाई मानिएको छ।
सिड्नीको रियल स्टेट बजारमा सबैभन्दा बढी प्रभाव परेको देखिएको छ। त्यहाँ पछिल्लो तीन महिनामा घरको मूल्य ५ प्रतिशतले घटेको छ। जब कि राष्ट्रियस्तरमा यो गिरावट २ प्रतिशतमात्र छ।
अस्ट्रेलियाको केन्द्रीय बैंकले दुई साताभित्र दोस्रोपटक ब्याजदर बढाएकोले यो गिरावट आगामी महिनामा पनि जारी रहने सम्भावना छ।
एस एन्ड पी ग्लोबल रेटिङका प्रमुख अर्थशास्त्री लुइस कुइजले भने, ‘अस्ट्रेलिया संसारको सबैभन्दा खुला बजार हो। त्यहाँ जीडीपीको हिस्साका रुपमा घरेलु ऋणको अंश धेरै उच्च छ।’ –एजेन्सी
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago