काठमाण्डौ । अमेरिकाको ऋण संकट समाधानका लागि अहिलेसम्म निर्णायाक वार्ता हुन सकेको छैन। रिपब्लिकन सांसदहरु र सरकारबीच बिहीबार डेट सिलिङ (ऋण सीमा) बढाउने वार्ता हुने भनिएको छ। तर, रिपब्लिकन सांसदहरु बिदा मनाउन वासिंटनबाहिर गएपछि वार्ता हुन नसकेको बताइएको छ।
कर्जाको सीमा नबढाउने हो भने अबको केही दिनमै अमेरिका डिफल्ट हुने खतरा छ। यसले विश्वको अर्थतन्त्रमा उथलपुथल आउन सक्छ।
यद्यपि सांसदहरु वासिंगटनबाट बाहिर जानुअघि सभामुख केभिन म्याकार्थीले वार्ता टोलीलाई कर्जा संकटबाट बच्न दिनरात काम गर्न आग्रह गरेका छन्। ‘जो बिडेनको टोलीसँगको वार्तामा हरेक घन्टा महत्वपूर्ण अर्थ राख्छ किनकि दुई टोलीले बजेटमा सहमतिको कोसिस भइरहेको छ’, उनले भने।
रिपब्लिकन सांसदहरुले खर्चमा थप कटौतीको माग गरिरहेका छन् तर डेमोक्र्याटहरुले यसको विरोध गरिरहेका छन्। म्याकार्थीले भने, ‘हामी दिनरात कुरा गरिरहेका छौँ। हामी संकटबाट बच्न सक्दो प्रयास गरिरहेका छौँ।’
डेट सिलिङ वास्तवमा अमेरिकी सरकारले आफ्नो खर्च पूरा गर्न उधारो लिन सक्ने अधिकतम रकम हो। यो रकम अमेरिकी कांग्रेस अर्थात संसदले निर्धारण गर्छ।
अधिकांश विज्ञहरु अमेरिकाको ‘डेट सिलिङ’ संकट कम आर्थिक र राजनीतिक बढी भएको विश्वास दाबी गर्छन्। धेरैजसो विज्ञहरुले अमेरिका डिफल्टर नहुने र हालको गतिरोधको समाधान खोजिने विश्वास व्यक्त गरेका छन्। किनकी यदि यो समस्या समाधान भएन भने त्यसको परिणाम भयावह हुन सक्छ। –एजेन्सी
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago