काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाखभन्दा कम हुने अनुमान गरेका छन्।

ह्वाइटहाउसमा आयोजित एक समारोहबीच राष्ट्रपति ट्रम्पले यस्तो अनुमान गरेका हुन्। ‘मलाई लाग्छ हाम्रो देशमा यो भाइरसबाट १ लाखभन्दा कम मानिसको ज्यान जानेछ तर यो पनि एकदमै भयवाह हो’, उनले भनेका छन्।

केही समयअघि राष्ट्रपति ट्रम्पले यो भाइरसबाट अमेरिकामा १ लाखदेखि २ लाखको बीचमा ज्यान जाने अनुमान गरेका थिए। राष्ट्रपछि ट्रम्पको पछिल्लो अनुमानसँगै अमेरिकामा यो भाइरस नियन्त्रण आउने दिशामा उन्मुख रहेको अड्कलकाजी गर्न थालिएको छ। 

अमेरिकाको सेन्टरर्स फर डिजिज कन्ट्रोलका अनुसार अमेरिकामा शनिबार बिहानसम्म ११ लाख ३ हजार २२५ जना संक्रमित भइसकेका छन्। तीमध्ये ६४ हजार ८०८ जनाको ज्यान गइसकेको छ। 

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको संक्रमणबाट शनिबार बिहानसम्म विश्वभर ३३ लाख ४३ हजार ३०२ जना बिरामी परिसकेका छन्। तीमध्ये २ लाख ३८ हजार ५० जनाको ज्यान गइसकेको छ भने १० लाख ५३ हजार २४९ जना निको भएका छन्। – एजेन्सी