काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट अमेरिका अतिप्रभावित देशहरुमध्ये अग्रस्थानमा छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको दाबी गरेका छन्। अमेरिकाको फक्स न्युजसँग अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। ‘देशमा कोरोनाबाट मृत्यु अरु देशको तुलनामा निकै कम छ’, दाबी गर्दै उनले भने, ‘देशमा संक्रमणको मामिला बढ्नुको मुख्य कारण अत्याधिक टेस्ट नै हो। तर मृत्युदर निकै कम छ।’

अहिले अमेरिकाका दक्षिणी राज्यहरुमा सबैभन्दा धेरै कोरोना संक्रमणको मामिला अगाडि आइरहेका छन्। 

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर हालसम्म यो भाइरसबाट ६ लाख बढीको ज्यान गइसकेको छ। जसमा अमेरिकामा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। हालसम्म यो भाइरसबाट अमेरिकामा १ लाख ४० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। 

विश्वविद्यालयका अनुसार कोरोना मृत्युदरको हिसाबले अमेरिका सातौँ स्थानमा छ। – एजेन्सी