काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारी अवस्था अझै खराब रहने बताएका छन्। 

नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यो महामारीले अझै खराब रुप लिने भन्दै मास्क अनिवार्य प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरे। ‘यसले हामीलाई कोरोनाबाट बच्न मद्दत गर्छ’, उनले भने। 

त्यसो यो कुरा भनिरहँदा ट्रम्प आफैँले भने मास्क लगाएका थिएनन्। यसअघि पनि उनी मास्कका विषयमा पटकपटक ठट्याउली कुरा गर्दै आएका थिए। 

ट्रम्प मिडियाका अगाडि आफैँ विनामास्क उपस्थित हुँदै आएका छन्। तर हालै उनी एउटा सैनिक अस्पतालको स्थलगत भ्रमणमा मास्क लगाएर गएका थिए। 

अमेरिका कोरोनाबाट अतिप्रभावित छ। त्यहाँ तीव्रगतिमा कोरोना संक्रमण मामिला बढिरहेको छ। – एजेन्सी