काठमाण्डौ । कोरोनाभाइरस महामारीबीच संयुक्त राज्य अमेरिकामा गएको नोभेम्बरमा मात्रै थप ६ लाख मानिसका लागि रोजगारी सिर्जना भएको छ। तर कामदारकोे अभाव नै देखिएको छ। 

वालस्ट्रिट जर्नलमा प्रकाशित एक नयाँ आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार अमेरिकामा हरेक महिना औसत ५ लाखजनाका लागि नयाँ रोजगारी सिर्जना हुन्छ तर कामदार अभाव नै रहेको हुन्छ। त्यहाँस्थित सरकारी तथ्यांकले भने अहिले बेरोजगारी दर ४.६ प्रतिशतबाट ४.५ प्रतिशतमा सीमित भएको देखाएको छ। 

कामदार अभावसँगै अमेरिकामा कामदारले भने बढी तलब र अधिकार  पाएका छन्। 

अर्थशास्त्रीहरुले भने कामदार अभाव हुँदा मुद्रास्फीति बढेको र ३१ वर्षमा पहिलोपटक उच्च मुद्रास्फीति बढेको बताएका छन्। मुद्रास्फीति बढ्दै गर्दा जीवनयापन लागत पनि बढ्ने भएकोले बचतमा असर गर्ने भन्दै अर्थशास्त्रीहरुले चिन्ता व्यक्ति गरेका छन्। – एजेन्सी