काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। नयाँको छुट्टी मनाउन मानिसहरु देश–विदेशका विभिन्न स्थानमा भ्रमणमा निस्किएका छन्। यही बेला कोरोनाभाइरसको नयाँ लहरले मानिसको चिन्ता बढाइरहेको छ।
अहिलेसम्म चीनमा मात्रै संक्रमण बढ्दै गएको थियो। तर, अब अमेरिकामा पनि एक्सबीबी.१.५ नामक भेरिएन्टले कहर देखाउन थालेको छ। विज्ञहरुले यसलाई ‘सुपर भेरिएन्ट’ र ‘अमेरिकी भेरिएन्ट’ नाम दिएका छन्। यसलाई ‘अर्को ठूलो समस्या’, ‘खराब भेरिएन्ट’जस्ता डरलाग्दो उपमा दिइरहेका छन्।
अमेरिकी महामारीविद् डा. एरिक फेइगेल–डिङले एक्सबीबी.१.५लाई ‘अमेरिकी भेरिएन्ट’ भनेका छन् र चीनविरुद्ध मात्र परीक्षण र यात्रा प्रतिबन्धजस्ता उपायलाई ‘भेदभाव’ भनेका छन्। डा. एरिकले आफ्नो ट्विट थ्रेडमा लेखेका छन्, ‘न्युयोर्क र न्यु इंग्ल्यान्ड एक्सबीबी.१.५का केन्द्र हुन्। बरु एक्सबीबी.१.५ भेरिएन्ट पहिलोपटक न्युयोर्कमा देखिएको थियो। चीनविरुद्ध मात्र यात्रा प्रतिबन्ध र परीक्षणका बारेमा कुरा गर्नु भेदभाव हो।’
‘एक्सबीबी.१.५ हाल संसारमा सबैभन्दा खराब भेरिएन्ट हो। वास्तवमा यो ‘अमेरिकी भेरिएन्टा’ हो’, उनले लेखेका छन्, ‘मैले एक्सबीबी.१.५लाई ‘अर्को ठूलो कुरा’ भनेको थिएँ किनकि यो वास्तवमा हो भन्ने स्पष्ट भएको छ। यूएस सीडीसी हप्ताका लागि यसको फैलावटका बारेमा चेतावनी जारी गर्न असफल भयो।’
किन एक्सबीबी.१.५ सबैभन्दा खतरनाक ?
डा एरिकले लेखेका छन्, ‘चार हप्ताभन्दा बढी समयदेखि १ प्रतिशतभन्दा बढी भएको छ तर हिजोसम्म रिपोर्ट गरिएको छैन।’
महामारी विशेषज्ञले आफ्नो ट्विटमा व्याख्या गरेका कि किन एक्सबीबी.१.५लाई सबैभन्दा खतरनाक संस्करण भनिरहेका छन्। उनले लेखेका छन्, ‘यसले सबै ‘एस्केप भेरिएन्ट’बीचको उत्कृष्ट प्रतिरोधात्मक क्षमतालाई हराउन सक्छ। यो एसीई२ मार्फत मानव कोशिकालाई आक्रमण गर्ने सबैभन्दा प्रभावकारी भेरिएन्टमध्ये एक हो। यो पुरानो एक्सबीबी वा बीक्यूभन्दा छिटो विस्तार हुन्छ। एक्सबीबी.१.५ले धेरैजसो केसलाई अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ।’
अमेरिकीको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकअनुसार अमेरिकामा ४० प्रतिशत मानिस एक्सबीबी.१.५ भेरिएन्टबाट संक्रमित छन्। यो भेरिएन्ट सिंगापुरलगायत एसियाका केही भागमा पनि फैलिरहेको छ। चिकित्सकहरुले यसलाई ‘सुपर भेरियन्ट’ भनेका छन्। यो पुरानो एक्सबीबीभन्दा ९६ पतिशत छिटो विस्तार हुन्छ। यसको फैलाउने गति बीक्यू.१ भेरिएन्टभन्दा १२० प्रतिशत छिटो रहेको चिकित्सकहरुले बताएका छन्। –एजेन्सी
3 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago