काठमाण्डौ । अमेरिकामा जागिरको सपना देख्नेहरुका लागि खुसीको खबर छ। अमेरिकाले व्यापार वा पर्यटक बी–१ र बी–२ का लागि आफ्नो देशमा आउने विदेशीहरुले नयाँ कामका लागि आवेदन दिन र अन्तर्वार्तामा पनि उपस्थित हुन सक्ने घोषणा गरेको छ। 

यद्यपि, सम्भावित कर्मचारीहरुले काममा सामेल हुनुअघि उनीहरुको भिसा स्थिति परिवर्तन गरेको सुनिश्चित गर्नुपर्छ। यो कदमले विगतमा गुगल, माइक्रोसफ्ट, अमेजनजस्ता ठूला कम्पनीबाट ठूलो संख्यामा जागिर गुमाएका मानिसहरुलाई ठूलो राहत दिनेछ। 

बी–१ र बी–२ भिसालाई सामान्यतया ‘बी–भिसा’ भनिन्छ। यी भिसाहरु अमेरिकामा प्रयोग हुने सबैभन्दा सामान्य भिसाहरुमध्ये एक हो। बी–१ भिसा मुख्यतया छोटो अवधिको व्यापार यात्राका लागि र बी–२ मुख्यतया पर्यटनका लागि दिइन्छ।

यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले बुधबार गैरआप्रवासी कामदारलाई बर्खास्त गर्दा उनीहरुलाई आफ्ना अधिकार थाहा नहुने जनाएको छ। कतिपय अवस्थामा तिनीहरुले ६० दिनभित्र अमेरिका छाड्नुको विकल्प छैन भनी गलत धारणा राख्छन्।

यूएससीआईएसको यो कदम यस्तो समयमा आएको हो जब गुगल, माइक्रोसफ्ट र अमेजनजस्ता कम्पनीहरुमा भर्खरै ठूलो कटौतीका कारण थुप्रै देशका हजारौँ विदेशी मूलका मानिसले अमेरिकामा आफ्नो जागिर गुमाएका छन्। विदेशमा बस्नका लागि रोजगारी गुमाएका उनीहरु अहिले तोकिएको ६० दिनभित्र नयाँ जागिर पाउन संघर्षरत छन्।

अमेरिका जागिर सकिएको दोस्रो दिनबाट ६० दिनको अनुग्रह अवधि उपलब्ध हुन्छ। जब एक गैरआप्रवासी कामदारले आफ्नो रोजगारी गुमाउँछ या त स्वेच्छिक वा अनुच्छिक रुपमा उसले सामान्यतया संयुक्त राज्यमा रहनका लागि ६० दिनको अवधिभित्र धेरै कामहरु गर्न सक्छ।

यसमा गैरआप्रवासी स्थिति परिवर्तनका लागि आवेदन दिनुपर्छ। स्थिति समायोजनका लागि एउटा आवेदन दाखिल गर्नुपर्छ। एउटा ‘बाध्यकारी परिस्थिति’ रोजगार प्राधिकरण कागजातका लागि आवेदन फाइल दाखिला गर्नुपर्छ। 

यूएससीआईएसले भनेको छ, ‘यदि यीमध्ये कुनै एक कार्य ६०–दिनको छुट अवधिभित्र भयो भने गैरआप्रवासीको अमेरिकामा आधिकारिक बसाइ ६० दिनभन्दा बढी हुन सक्छ।’

यदि कर्मचारीले यी ६० दिनभित्र कुनै प्रक्रिया अगाडि बढाएनन् भने तिनीहरु र तिनीहरुका आश्रितले ६० दिनभित्र वा तिनीहरुको प्राधिकरण अवधि समाप्त भएपछि अमेरिका छोड्न आवश्यक हुन सक्छ। –एजेन्सी