काठमाण्डौ । पछिल्लो समय अमेरिका र साउदी अरेबियाबीच तनाव बढ्दै गइरहेको छ। 

दुवै देशले विश्वमा सबैभन्दा महत्वपूर्ण स्थान ओगटेका छन्। यस्तो अवस्थामा उनीहरुबीचको बढ्दो तनाव सारा विश्वका लागि टाउको दुखाइ बन्दै गएको छ। 

अमेरिकी अधिकारीहरुले साउदीलाई तेल उत्पादन कटौती गर्ने निर्णयको गम्भीर परिणामको चेतावनी दिएका छन्। यो महिनाको सुरुमा साउदीले तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो। यो घोषणा अमेरिकामा मध्यावधि चुनाव हुन लागेको बेला आएको हो। यो निर्णयसँगै पेट्रोलियम पदार्थको मूल्य केही बढेको थियो।

अमेरिकी सांसदहरुले यो निर्णय सोचविचार नगरी गरिएको भन्दै आशंका व्यक्त गरेका छन्। त्यसपछि अमेरिकाले साउदीलाई हतियार बिक्रीमा प्रतिबन्ध लगाउने धम्की दिएको थियो। अमेरिकाको न्याय विभागले साउदी र अन्य ओपेक सदस्य राष्ट्रहरुबीचको मिलेमतोमा मुद्दा दायर गर्ने चेतावनी पनि दिएको छ। 

तेल उत्पादन कटौतीको निर्णयपछि साउदी र साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमान बारम्बार अमेरिकी राजनीतिज्ञहरुको निशाना बनेका छन्। साउदीको यो निर्णयले वित्तीय बजार र अर्थतन्त्रमा नराम्रो असर पर्ने आशंका गरिएको छ।

साउदी सरकारका एक उच्च अधिकारीले आफ्नो देशले धेरै बुद्धिमानी व्यवहार गरेको बताएका छन्। जब कि ह्वाइट हाउसका एक अधिकारीले भने यो अवस्था अझै रहिरह्यो भने दुई देशबीचको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन्। 

यी दुवै देशबीच बढ्दै गएको तनावको खतरनाक परिणाम विश्व अर्थतन्त्रमा पनि देखिनेछ। युरेसिया समूहका निर्देशक क्लेटन एलेनले वर्षौंमा पहिलोपटक सम्बन्ध यति तनावपूर्ण भएको बताए। अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२० मा साउदी अरेबियाको मानवअधिकार रेकर्ड हेर्दा यसलाई ‘पायरिया’ भन्नु सही हुने बताएका थिए।

गत अक्टोबर ५ मा भएको ओपेक प्लस देशको बैठकपछि साउदी अरेबियाले तेल उत्पादनमा २ प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो। रुससँग मिलेर साउदी अरबले अमेरिकाविरुद्ध यो निर्णय लिएको अमेरिकी अधिकारीहरुको आरोप छ।

ओपेक प्लसका सदस्य राष्ट्रहरुले आपसी सहमतिमा तेल कटौतीको निर्णय गरेको बताउँछन्। साउदीले पनि तेल उत्पादन कटौतीको निर्णय विशुद्ध आर्थिक भएको दाबी गरेको छ। यो निर्णयको उद्देश्य ऊर्जा बजारलाई स्थिर बनाउनु रहेको उसले स्पष्ट पारेको छ। 

साउदीका अनुसार केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् र यस्तो अवस्थामा विश्वव्यापी मन्दी आउने डर छ। 

अब यो निर्णयले विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने डर छ। सायद साउदीले अमेरिकाले लगाएको जरिवानामा ठूलो कदम चाल्न सक्छ। वाल स्ट्रिट जनरलको रिपोर्टअनुसार साउदी अधिकारीहरुले अमेरिकी ट्रेजरी बन्ड बेच्ने चेतावनी दिएका छन्। 

यदि साउदीले अमेरिकी ऋण किनारा लगाएको भने अमेरिकाको बजार अस्थिर हुनुका साथै पारिवारिक व्यापार बर्बाद हुन सक्छ। साउदीमा अमेरिकाको ११९ अर्ब डलर ऋण छ र यति ठूलो दायित्व हुने विश्वको १६औँ देश हो। यस्तो अवस्थामा अमेरिका र साउदीको सम्बन्धको अन्त्य विश्व अर्थतन्त्रका लागि घातक सावित हुन सक्छ। –एजेन्सी