काठमाण्डौ । काठमाण्डौस्थित अमेरिकी दूतावासले मंगलबारदेखि लागू हुने गरी डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसाका अपोइन्टमेन्टहरु अनिश्चितकालका लागि रद्द गरेको छ।
विश्वव्यापी महामारी घोषित कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राखेर अमेरिकी दूतावासले डीभी र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गर्ने निर्णय गरेको हो। दूतावासले सोमबार एक सूचना जारी गर्दै कोरोनाबाट उत्पन्न अहिले परिस्थितिमा नियमित अपोइन्टमेन्टहरु पुनः कहिले सुरु गर्ने भन्ने विषय निक्र्यौल भइनसकेको जनाइएको छ। परिस्थिति सहज बन्दै गएमा यथाशिघ्र यो सेवा पुनः सञ्चालनमा ल्याइने सूचनामा उल्लेख छ।
सूचनामा दूतावासले भिसा रद्द भए पनि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका लागि मान्य रहनेसमेत उल्लेख गरेको छ। अतिआवश्यक यात्रा गर्नुपरे आकस्मिक अपोइन्टमेन्टका लागि दूतावासले तयार पारेको निर्देशिका पालन गर्नसमेत सूचनामा आग्रह गरिएको छ।
कोरोनाको प्रकोप बढ्न थालेपछि अमेरिकाले आफ्नो देशमा आपतकाल घोषणा गरिसकेको छ। उसले बेलायतबाहेक अन्य २६ वटा युरोपेली मुलुकबाट आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ।
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago