काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक निकट सहयोगीलाई कोरोनाभाइरस पोजेटिभ देखिएपछि ह्वाइट हाउसमा तहल्का मच्चिएको छ।
निकट सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि राष्ट्रपति ट्रम्पको पनि कोरोना टेस्ट गरिएको छ। तर उनलाई कोरोनाको संक्रमण भने देखिएन।
ह्वाइट हाउसका अधिकारीहरुका अनुसार ट्रम्पका सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि ट्रम्पका परिवारका सदस्य र त्यहाँ कार्यरत अन्य कर्मचारीको कोरोना टेस्टको तयारी गरिएको छ।
सीएनएनका अनुसार अमेरिकी नौेसेनाका एक जवान जो ह्वाइट हाउसमा तैनाथ थिए उनलाई कोरोना पोजेटिभ देखिएको हो। यी जवान प्रायः राष्ट्रपति ट्रम्प र उनका परिवारका सदस्य आसपास नै रहने गरेका थिए।
निकै प्रशिक्षित यी जवान विपद्का समयमा राष्ट्रपतिको सुरक्षाका लागि खटाइदिएका थिए। उनलाई अहिले अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र अवस्था सामान्य रहेको अधिकारीहरुले बताएका छन्। – एजेन्सी
11 hours ago
12 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago