काठमाण्डौ। अमेरिकी सेयर बजारमा आइतबार पहिरो गएको छ।

कोरोनाभाइरसको महामारीको दोस्रो लहर सुरु हुने भयले ग्रसित लगानीकर्ताको कमजोर मनोबलको परिणामस्वरुप अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको विश्लेषकहरुले बताएका छन्। अमेरिकी सेयर बजारमा आएको यो गिरावटले अब आगामी साता विश्व सेयर बजारमा समेत उताबचढाव आउने उनीहरुको ठम्याइ छ। 

आइतबार डो फ्युुचर्समा ३१४ अंक अर्थात १.२ प्रतिशतको गिरावट देखिएको छ। त्यस्तै एस एन्ड पी ५०० मा १.२ प्रतिशत र नास्डकमा ०.६ प्रतिशतको गिरावट देखिएको छ। 

विगत केही सातादेखि वाल स्ट्रिटको बाँकी विश्वसँगको सम्बन्ध टाढिएको देखिएको छ। ठूला स्टक लाभ तुुलनात्मक रुपमा उच्च बेरोजगारी संख्याका साथमा असंगत देखिएको छ र अन्य डेटाले वास्तविक अर्थतन्त्र संर्घषपूर्ण अवस्थामा रहेको देखाएको छ। तर गत साता बजारले वास्तविकतालाई पछ्याएको थियो। 

गत बिहीबार अमेरिकी सबै ३ वटै इन्डेक्सहरुले मार्च महिनायताकै सबैभन्दा धेरै बिक्री गरेका थिए। लगानीकर्ताहरुले कम मूल्यमा आफ्ना सेयरहरु बेचेका थिए। 

अमेरिका फेरि विस्तारै पुुनः खुुल्ने बाटोतर्फ अग्रसर भइरहँदा वैज्ञानिकहरु र स्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणको दोस्रो लहरको चेतावनी दिएका छन्। अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर देखिए यसले अमेरिकी अर्थतन्त्रमा भयावह प्रभाव पार्ने अर्थविज्ञहरुले चेतावनी दिएका छन्। 

साताअघि पुुनः खुला गरिएका अमेरिकाका थुप्रै राज्यहरुमा फेरि कोरोना संक्रमणका मामिलाहरु वृद्धि भइरहेका छन्। संक्रमणको सम्भावित दोस्रो लहरले अमेरिकी सेयर बजार रेकर्ड उचाइमा पुुग्ने अभिलाषामा धक्का लाग्ने देखिएको छ। 

त्यस्तै आइतबार एसियाका प्रमुुख सेयर बजारहरुले समेत घट्दो सुुरुआत गरेका थिए। आइतबार जापानको सेयर बजार निक्की एन२२५ मा ०.५ प्रतिशतको गिरावट आएको थियो। त्यस्तै हङकङको हाङ सेङ इन्डेक्समा ०.६ प्रतिशत, दक्षिण कोरियाको कोप्सीमा ०.४ प्रतिशत र चीनको सांघाई कम्पोजिटमा ०.१ प्रतिशतको गिरावट देखिएको छ। – एजेन्सी