काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आसन्न राष्ट्रपति चुनावमा प्रतिद्वन्द्वी जो बिडेनले विजय भए अमेरिकाको लगानी पोर्टफोलियो क्र्यास हुने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्प एक ट्विटमार्फत यस्तो चेतावनी दिएका हुन्। ‘लगानीकर्तालाई अहिलेसम्मकै सबैभन्दा धेरै प्रतिफल चाहने हो भने बिडेनलाई भोट दिन हुन्न’, ट्विटमा भनिएको छ। 

बिडेन पूर्वउपराष्ट्रपति हुन्। सन् २०२० को नोभेम्बर महिनामा हुुनेअमेरिकी राष्ट्रपति निर्वाचनका लागि उनी डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार छन्। 

यता वाल स्ट्रिटले मुुश्किलले डेमोक्रेटिकको स्विपको सम्भावनालाई कम गरिरहेको छ। ट्रम्पको यस्तो अभिव्यक्तिविपरीत वाल स्ट्रिटको दृष्टिकोणबाट हेर्ने हो भने दृश्य फरक देखिएको छ। 

ट्रम्पको राजनीतिक उल्झनबाट लगानीकर्ता पूर्ण रुपमा आजित बनेका देखिँदैनन्। ट्रम्पले सन् २०१६ को निर्वाचनमा आश्चर्यजनक तरिकाले विजय हासिल गरेपछि अमेरिकी सेयर बजार बुुम भएको थियो। 

यतिबेला ट्रम्पको तुलनामा बिडेनको पल्ला भारी देखिएको छ। भर्खरैमात्रै डिसेम्बरपछि एस एन्ड पीमा देखिएको लामो वृद्धिमा पूर्णविराम लागेको छ। 

त्यस्तै मार्च महिना २३ पछि नास्डकले पनि ५२ प्रतिशतको उछाल हासिल गरेको छ। जेपी मार्गन चेज कम्पनीले बिडेनले विजय हासिल गरे सेयर बजारलाई बुुस्ट गर्न अझै धेरै सहयोग पुुर्याउने अनुुमान लगाएको छ। ‘डेमोक्रेटिकले जित हासिल गरे इक्विटीका लागि नकारात्मक हुुने सर्वसम्मति मत रहेको छ। यद्यपि हामीले यो नतिजालाई सकारात्मक धारणका साथ तटस्थ रुपमा हेरेका छौँ’, जेपी मार्गनका डुुर्बाभको लाकोस बुुजसले भने। 

बिडेनले कमजोर अर्थतन्त्रलाई उकास्न आफ्नो नीतिगत प्रस्तावहरुलाई मध्यम स्तरको बनाउने र धनीवर्ग तथा संस्थाहरुका लागि कर बढाउने विश्वास लिइरहेकाले लगानीकर्ताहरु बिडेनले जिते इक्विटीका लागि नकारात्मक हुुने विश्लेषण गरिरहेका छन्। 

त्यस्तै सन् २०२१ को पहिलो त्रैमासमा करिब ९ प्रतिशत बेरोजगारी देखिने सम्भावनाका बीच बिडेन आर्थिक पुुनरुत्थानलाई प्राथमिकता दिने नीतिहरुलाई जोड दिने विश्वास लिइएको छ। तर इतिहासलाई फर्केर हेर्ने हो भने लगानीकर्ताले केही आशाका किरण देख्न सक्छन्। 

दोस्रो विश्वयुुद्धपश्चात् डेमोक्रेटिक पार्टीले पाँचपटक (सन् १९४८, १९६०, १९७६, १९९२, २००८) राष्ट्रपतिको पदको चुुनावमा विजय हासिल गरेको छ। यी सबै विजयमा अमेरिकी सेयरबजारले सुरुआती चरणमा नकारात्मक रुपमा प्रतिक्रिया जनाएको थियो। यी अवधिहरुमा नोभेम्बर महिनामा एस एन्ड पी औसतमा २.४ प्रतिशतले घटेको थियो। तर डिसेम्बर महिनामा भने ३.१ प्रतिशतले वृद्धि भएको थियो। 

अझ महत्वपूर्ण कुुरा के भने ती वर्षहरुमा एस एन्ड पी वार्षिक रुपमा १०.४ प्रतिशतको औसतले वृद्धि भएको थियो। त्यसैले अहिले पनि पहिलेको जस्तो ट्रेन्ड पुुनरावृत्ति हुुने विश्वास लिइएको, जहाँ सुुरुआतमा गिरावट देखिने र पछि विस्तारै वृद्धि हुँदै जानेछ। 

कोरोना महामारी नआउनुुपूर्व डेमोक्रेटिक पार्टीको सम्भावना कम देखिएको थियो। तर अहिले महामारी, जातीय विवाद र आर्थिक संकटले अमेरिकाको राजनीतिक हावा परिवर्तन गरिदिएको छ। 

एक सर्वेक्षणअनुुसार बिडेनले जित हासिल गर्ने सम्भावना ६१ प्रतिशत रहेको छ। जुुन दुुई महिनाअघि ४४ प्रतिशतमात्रै थियो। त्यस्तै सिनेटमा विजय हासिल गर्ने सम्भावना ६२ प्रतिशत रहेको छ। जुुन अप्रिल महिनाको सुुरुआतमा ४३ प्रतिशत थियो। 

सर्वेक्षणहरुले डेमोक्रेटिक पार्टीले जित्ने सम्भावना देखाइरहे पनि चुुनाव र सेयरबजारमा के हुुन्छ भनेर कसैले पनि दाबीका साथ भन्न सक्दैनन्। 

सन् २०१६ को निर्वाचनमा केहीले मात्रै ट्रम्पले हिलारी क्लिनटनलाई पराजित गर्ने अनुुमान लगाएका थिए र धेरैजसो विश्लेषकहरु ट्रम्पले जिते सेयरबजारका लागि घातक हुुने भन्दै सशंकित बनेका थिए। तर सबैको अनुुमानविपरीत ट्रम्पको विजयपश्चात एस एन्ड पीमा उछाल देखिएको थियो। 

बिडेन राष्ट्रपतिमा विजय भए उनको प्रशासनले बजारमा कमाउने र गुुमाउने दुुवै देखिनेछन्। ट्रम्पको संस्थागत कर घटाउने निर्णयबाट लाभान्वित बनेका कम्पनीहरुले गुुमाउनेछन्। किनकि बिडेनले आफू विजयी बने संस्थागत करलाई २१ प्रतिशतदेखि २८ प्रतिशतसम्म बढाउने प्रस्ताव राखेका छन्। 

गोल्ड म्यान स्याक्सले बिडेनको कर बढाउने यो योजनाले सन् २०२१ मा एस एन्ड पीमा आफ्नो आम्दानी १५० डलर हुुने अर्थात प्रतिसेयर २० डलरका दरले कटौती हुुने चेतावनी दिएको छ। – एजेन्सी