काठमाण्डौ । विश्व अर्थतन्त्र कोभिडका कारण थलिएको बेला महाशक्ति राष्ट्र अमेरिकाको डलर झनै मजबुत भएर जाने देखिएको छ।

नवनियुक्त राष्ट्रपति जो बाइडनले ल्याएको पूर्वाधार योजनाले गर्दा डलर मजबुत हुने देखिएको हो। पूर्वाधार योजनाका लागि राष्ट्रपति बाइडनले २.३ ट्रिलियन डलरबराबरको राहात प्याकेज ल्यएका छन्।

सिटी फरेन स्ट्राटेजिस्टका अनुसार मध्य फेब्रुअरीसम्ममा अमेरिकी डलर ४ प्रतिशतभन्दा बढी बढेको छ र यो अझै निरन्तर वृद्धि हुनेछ। सिटीका अनुसार कोभिड भ्यक्सिनका कारण अमेरिकी अर्थतन्त्र अझै थप मज्बुत हुने देखिएको छ। 

विश्लेषकहरुले डलर यो वृद्धिलाई ‘डलर स्माइल’ को संज्ञा दिएका छन्। त्यहाँस्थित बजार विश्लेषकहरुले डलरको वृद्धिले अमेरिकी सेयर बजारमा सकारात्मक नै असर पर्ने जनाएका छन्। डलरको वृद्धिसँगै अमेरिकी सेयर बजार र जापनिज इक्विटी मार्केटमा सकारात्मक असर पार्नेछ भने भर्खर ब्रेक्जिटबाट बाहिरिएको युनाइटेड किङ्डमको स्टक मार्केटलाई नकारत्मक असर पर्न सक्ने हुँदा कमोडिटी मार्केटबाट भने नाफा बुक गर्नुपर्नेछ। 

पूर्वबैंकर तथा विश्लेषक अनलराज भट्टराई डलर बलियो बन्दै गए पनि नेपालमा खासै असर नपर्ने बताउँछन्। ‘नेपालको अर्थतन्त्र भारत निर्भर छ’, उनले भने, ‘भारतीय रुपैयाँ मजबुत रहेकोले डलरको भाउ बढ्दैमा नेपालमा खासै असर पर्दैन।’ 

कोभिडका कारण भारतमा पनि डलर सञ्चिती रहेकोले नेपालमा तात्विक असर नपर्ने भट्टराईको तर्क छ। उनका अनुसार नेपालले अब पर्यटन व्यवसायबाट डलर भित्र्याउनुपर्ने र ‘समुद्रदेखि सगरमाथासम्म नेपालको पर्यटन’ नारा लिनसके अहिले रेमिट्यान्समा भर परेको अर्थतन्त्र थप मजबुत हुनेछ। 

भट्टराईले अहिले अनुदानमा चलेको अर्थतन्त्र अब पर्यटनमा आधारित बनाउनुपर्ने जिकिर गर्छन्।