काठमाण्डौ । अमेरिकी सेयर बजार सोमबार ऐतिहासिक उचाइ चुमेको छ। 

रोजगारको स्थित मजबुत हुनु र सेवा क्षेत्रहरुको राम्रो रिपोर्ट आउनुले एस एन्ड पी ५०० र डाउ रेकर्डस्तरमा पुगेका हुन्। नास्डकमा ११० अंकको उछाल आएको छ। रसेल २००० इन्डेक्समा ०.६ प्रतिशतले उकालो लागेको छ। योसँगै डाउ इन्डेक्स ३३१७१ विन्दु र एस एन्ड पी ५०० इन्डेक्स ३९८१ विन्दुमा पुगेका छन्। 

कोरोना भ्याक्सिनको तीव्र विस्तार र अतिरिक्त सरकारी राहात प्याकेजका कारण एस एन्ड पी ५०० र डाउले अल टाइम हाई रेकर्ड बनाएका हुन्। 

एस एन्ड पी ५०० का ११ मुख्य सेक्टरमध्ये १० मा उछाल आएको छ। कन्ज्युमर डिस्क्रिसनरी, इन्डस्ट्रियल, फाइनान्सियल र कम्युनिकेसन सर्भिसहरुमा सबैभन्दा बढी बढोत्तरी भएको छ। तेल उत्पादक देशहरुले उत्पादन बढाउने फैसलाले एनर्जी सेक्टरमा भने गिरावट आएको छ। 

गत शुक्रबार सार्वजनिक तथ्यांकअनुसार अमेरिकामा गत मार्चमा थप ९ लाख १६ हजार रोजगार पाएका छन्। – एजेन्सी