काठमाण्डौ । रक्तदानका लागि मानिसलाई प्रोत्साहित गर्न संसारभर विभिन्न अभियान सञ्चालन भइरहेका छन्। रक्तदानलाई महादान पनि भनिन्छ। किनकि यो धेरैको जीवन बचाउन सहयोगी साबित हुन्छ।
यदि तपाइँलाई भनिन्छ कि तपाइँ रगत दान गरेर बिटक्वाइनमा ठूलो पैसा कमाउन सक्नुहुन्छ। सायद तपाइँ छक्क पर्न सक्नुहुन्छ। तर, रक्तदानका लागि जनचेतना जगाउने यस्तै अभियान वास्तवमा एउटा कम्पनीले सञ्चालन गरिरहेको छ।
अमेरिकाको औषधि कम्पनी अक्टफार्मा प्लाज्माले स्वान बिटक्वाइन र स्पेड पेमेन्ट सोलुसनसँगको सहकार्यमा यो अनौठो अभियान सुरु गरेको हो। यसअन्तर्गत प्लाज्मा दान गर्दा दातालाई बदलामा बिटक्वाइन दिइनेछ। कम्पनीले विज्ञप्तिमा दातालाई प्रत्येक पटक प्लाज्मा दान गर्दा १०० डलरबराबरको बिटक्वाइन दिइने जनाएको छ। यो अभियान हालसम्म ३२ ठाउँमा सुरु भइसकेको छ।
दाताले ७ दिनमा बढीमा २ पटक प्लाज्मा दान गर्न सक्ने कम्पनीले जनाएको छ। एकपटक दान गरेपछि दोस्रोपटकका लागि कम्तीमा ४८ घन्टा पर्खनुपर्नेछ। यसरी हप्तामा २ पटक प्लाज्मा दान गर्दा एक दाताले बढीमा १० हजार डलर रुपैयाँ कमाउन सक्छन्।
यो अनौठो अभियानले धेरै भन्दा धेरै मानिसलाई प्लाज्मा दान गर्न प्रोत्साहित गर्ने कम्पनीको दाबी छ। ‘यसले धेरैको जीवन बचाउन उपयोगी हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस कार्यक्रममा दीर्घकालीन रोगबाट पीडित व्यक्तिले भाग लिन नपाउने कम्पनीले जनाएको छ। यस अभियानमा साझेदार स्वानले प्रयोगकर्तालाई बिटक्वाइन प्लाज्मा दान गरेपछि तुरुन्तै बिटक्वाइनहरु संकलन गर्न अनुमति दिनेछ। प्लाज्मा दान प्रवर्द्धन गर्ने यो अभियान दुर्लभ रोगबाट पीडित र हरेक महिना प्लाज्मा ट्रान्सफ्युजन चाहिने व्यक्तिका लागि सहयोगी साबित हुने विज्ञहरुको विश्वास छ। – एजेन्सी
20 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago