काठमाण्डौ । अमेरिकी सेयर बजारमा घट्दा युरोपेली बजारमा प्रभावित बन्न पुगेको छ।
अमेरिकाको डाउ जोन बुधबार एकैदिन करिब ७०० अंकले घटेको थियो। फेडलर रिजर्भले ब्याजदर बढाउने संकेत गर्नु र लगानीकर्ताले चौथो त्रैमासको प्रतिफललाई आँकलन गरेर बिक्री दबाब बढाउँदा डाउ जोनमा एकैदिन ठूलो अंकको गिरावट आएको हो।
अमेरिकी बजारमा भारी गिरावट आउँदा बुधबार युरोपियन बजार पनि ओरालो लागेको छ। यो समाचार तयार पारुन्जेल फ्रान्सको क्याक, जर्मनको ड्क्स र यूकेको फुट्सीमा १०० करिब १ प्रतिशतले गिरावट आएको छ।
विश्लेषकहरुले मंगलबार अमेरिकी बजारको प्रदर्शनलाई गत डिसेम्बर १५ पछिको सबैभन्दा खराब बताएका छन्। मंगलबार एसएन्डपी ५००मा २ प्रतिशतले तथा नास्डक २.५ प्रतिशतले गिरावट आएको थियो।
अमेरिकाको जीडीपी घट्नु तथा मुद्रास्फीति बढ्नुजस्ता कारणले अमेरिकी लगानीकर्ता निरुत्साहित भएका छन्। –एजेन्सी
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago