काठमाण्डौ । अब बैंकहरुले ५० अमेरिकी डलरभन्दा साना दरका नगद नोट खरिद गर्दा सेवा शुल्क लिन बाधा नपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै यो सुविधा थप गरेको हो। यसअघि यो व्यवस्था गरिएको थिएन। 

त्यस्तै यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले परिवर्त्य विदेशी मुद्राको विनिमय दर तोक्दा सम्बन्धित परिवर्त्य विदेशी मुद्राको न्यूनतम खरिद दर (५० दरभन्दा साना दरका नगद नोट खरिदसमेत) र बिक्री दरबीचको फरक १ प्रतिशतभन्दा बढी नहुने गरी तोक्नुपर्ने व्यवस्था गरेको छ। 

तर, अमेरिकी डलरका हकमा भने खरिद र बिक्री दरबीचको फरक नेपाली रुपैयाँ ०.६० भन्दा बढी हुन नहुने व्यवस्था भने राष्ट्र बैंकले थप गरेको छ।