काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार यो कम्पनीले प्रस्ताव गरेको ५.७१ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता २५४ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २६९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५.७१ प्रतिशत बोनससँगै ०.२९ प्रतिशत नगद लाभांश गरी कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश यो कम्पनीले यही मंसिर २२ गते डोकेको १० औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज मंसिर १२ गतेबाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो मंसिर ११ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।
44 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago