काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३२६.१ प्रतिशतले बढाएको छ। 

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा ४ करोड २८ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबापतको आम्दानी ३८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। यस्तो आम्दानी गत वर्षको यही अवधिमा ११ करोड ३२ लाख रुपैयाँमात्र थियो। 

कम्पनीको रिजर्भको आकार ९०५.५८ प्रतिशतले बढेर २७ करोड ५१ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २ करोड ७३ लाख रुपैयाँमात्र थियो।

कम्पनीको चुक्तापुँजी १ अर्ब ५० रुपैयाँ रहेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.७२ रुपैयाँबाट बढेर २४.३६ रुपैयाँ पुगेको छ। पीई रेसियो ११.३७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.३४ रुपैयाँ रहेको छ।