काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १६८.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १० करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबापतको आम्दानी पनि ७३.५५ प्रतिशतले बढेर ७० करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४० करोड ७२ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि २ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड २९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको रिजर्भको आकार पनि २१६.०६ प्रतिशतले बढेर २९ करोड २२ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड २४ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १८.२८ रुपैयाँ रहेको छ। पीई रेसियो २५.९४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११८.४३ रुपैयाँ रहेको छ।