काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५.६८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १६०.४९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा विद्युत बिक्रीबाट ५ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी थोरै बढेर ७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ८८ लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी १ अर्ब ७२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार पनि ४७.९७ प्रतिशतले बढेर १५ करोड २ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १० करोड १५ लाख रुपैयाँ थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.२ रुपैयाँ, पीई रेसियो ६८.४६ गुणा र प्रतिसेयर नेटवर्थ १०८.६९ रुपैयाँ रहेको छ।