काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अरुण काबेली पावर लिमिटेडको हकप्रद पाइपलाइनमा राखेको छ। 

विद्युत नियमन आयोगले अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति दिएपछि मात्र सेबोनले पाइपलाइनमा राखेको हो। यसअघि अरुण काबेली पावरले हकप्रद निष्कासनको अनुमति माग्दै सेबोनमा गत वर्ष कात्तिक २८ गते नै निवेदन थियो। तर, विद्युत नियमन आयोगले स्वीकृति प्रदान गर्न बाँकी रहेका कारण सेबोनले पाइपलाइनमा राखेको थिएन।

विद्युत नियमन आयोगले गत भदौ १२ गतेमात्रै अरुण काबेलीलाई चुक्तापुँजीको १ः१ अनुपात अर्थात सतप्रतिशत हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको थियो। आयोग स्वीकृति दिएसँगै सेबोनले अरुण काबेलीको हकप्रद पाइपलाइनमा राखेको हो।

अब सेबोनले स्वीकृति प्रदान गरेमा अरुण काबेलीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँबराबरको हकप्रद आफ्ना सेरधनीहरुलाई बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता जारी गर्नेछ। 

यो हकप्रदको बिक्री प्रबन्धकमा नेपाल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।