काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण काबेली पावर लिमिटेडले ९ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा २८.०४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३.११ प्रतिशतले बढेर २५ करोड ५१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २६ करोड ६९ लाख रुपैयाँबराबरको विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। 

चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार २७.५२ प्रतिशतले घटेर ३० करोड ८० लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा ४२ करोड ५० लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २१.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ३४.१५ रुपैयाँ थियो। पीई रेसियो १८.०१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.६१ रुपैयाँ रहेको छ।