काठमाण्डौ । विद्युत नियमन आयोगले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ।
आयोगले वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो।
कम्पनी सञ्चालक समितिको गत मंसिर १६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चितीबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
प्रस्तावित लाभांश अब कम्पनीको आगामी २५ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले स्पष्ट पारेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago