काठमाण्डौ । आमरण अनशनरत तिलक कोइरालालाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज अस्पतालमा भर्ना गरिरहेकै बेला नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल भने अर्थ मन्त्रालय पुगेका छन्।
गत असार १ गतेबाट कोइरालाले थालेको आमरण अनशनको आज नवौँ दिन हो। सेबोनले आन्दोलन र अनशन तोडेपछि मात्रै समस्या समाधान समिति गठन गर्ने अडान लिएको छ। कोइरालाले भने समिति गठन गरेर १९ बुँदे माग पूरा गर्ने सेबोन अध्यक्षबाट प्रतिबद्धता भएपछि अनशन तोड्ने बताउँदै आएका छन्।
लगानीकर्ताहरुको आन्दोलनको पछिल्ला परिदृश्यहरु र कोइरालाको स्वास्थ्य अवस्थामा देखिएको समस्याकै विषयमा छलफल गर्न अध्यक्ष हमाल अर्थ मन्त्रालयमा पुगेको हुन सक्ने सेबोनका एक उच्च अधिकारी बताए। ‘हामीलाई अध्यक्षज्यूले केही भन्नुभएको छैन’, ती अधिकारीले भने, ‘उहाँ लगानीकर्ताका माग कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा निकै चिन्तित र गम्भीर हुनुहुन्छ, त्यही कारणले उहाँ आज फेरि अर्थ मन्त्रालयमा छलफल गर्न जानु भएको हुन सक्छ।’
अर्थ मन्त्रालयबाट फर्केपछि अध्यक्ष हमालबाट आन्दोलनरत लगानीकर्ताहरुका मागप्रति सम्बोधन हुन सक्ने पनि ती अधिकारीले बताए। ‘आज केही सकारात्मक समाचार सुन्न पाइन्छ होला’, ती अधिकारीले भने।
32 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago