काठमाण्डौ । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज मेटिएको जनाएको छ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न र अर्थमन्त्री शर्मा राजीनामा दिन माग गरेको थियो।
उपभोक्ता हित संरक्षण मञ्चले गत २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै सूचनाको हकअन्तर्गत निवेदन दिएको थियो।
अर्थ मन्त्रालयले आइतबार मञ्चलाई पत्र पठाउँदै सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहने जबाफ दिएको छ। ‘सीसीटिभी फुटेजको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जानेछ’, पत्रमा भनिएको छ।
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago