काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र इकोनोमिक मिडिया सोसाइटी नेपालबीच जीवन्त सम्बन्ध हुनुपर्ने बताएका छन्।
आज अर्थ मन्त्रालयमा सोसाइटीका अध्यक्ष रामराजा श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्। भेटमा सोसाइटीले मुलुकको आर्थिक विकासका लागि रायसुझावसहितको ज्ञापनपत्र अर्थमन्त्री पौडेललाई बुझाएको थियो।
ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सोसाइटीले दिएका रायसुझावको अध्ययन गर्ने र जायज सुझावहरुलाई पूरा गर्न पहल गर्ने बताए।
यो सोसाइटीको क्षमता विस्तारका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने सहयोग गर्ने पौडेलले प्रतिबद्धता जनाएका छन्। ‘तपाइँहरुले तयार पारेको मोडालिटीका आधारमा तपाइँहरुको क्षमता वृद्धिका लागि गर्नुपर्ने सहयोग गर्न हामी तयार छौँ’, उनले भने, ‘तपाइँहरु अगाडि बढ्नु, सरकारले साथ दिन्छ। तपाइँहरुले भनेका सल्लाह–सुझाव सुन्छौँ। त्यसलाई कार्यान्वयन पनि गर्छौं।’
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago