काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सर्वोच्च अदालतको निर्णयविपरीत अर्थ समितिले नेपाल धितोपत्र बोर्डले थालेको व्यापारिक लाइसेन्स प्रक्रियामा देखाएको चासोप्रति आपत्ति जनाएका छन्।
अर्थ समितिको सोमबार बसेको नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्न धितोपत्र बोर्डका अध्यक्षलाई बोलाउने निर्णय गरेको थियो। बैठकमा सहभागी सांसदहरुले अर्थ समितिले नयाँ व्यापारिक लाइसेन्स वितरण नगर्न निर्देशन दिए पनि धितोपत्र बोर्डले प्रक्रिया अगाडिको भन्दै आपत्ति जनाएका थिए।
यही विषयमा सांसद ढकालले आज आफ्नो फेसबुक स्ट्याटसमा सर्वोच्च अदालतको निर्णयविपरीत अर्थ समितिले चालेको कदमप्रति आपत्ति जनाएका हुन्। ‘यो देशको कुनै पनि समिति सम्मानित सर्वोच्च अदालतको निर्णयभन्दा माथि रहने गरी बनेको छैन र बन्न हुन्न पनि’, उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले कामकारबाही अगाडि बढाउनु भनेको विषयमा कुनै पनि विषयगत समितिले सर्वोच्चको निर्णय कार्यान्वयन नगर्नु भन्न मिल्छ वा मिल्दैन ? के कानुनी राज्यमा यस्तै हुने हो ?’
ढकालले देशका विभिन्न क्षेत्रमा पुँजी निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पुँजीबजारका लगानीकर्ताको भावनामा खेल्न काम बन्द गर्दै सर्वोच्चको निर्णयलाई स्वीकार गर्न पनि आग्रह गरेका छन्।
8 minutes ago
26 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago