काठमाण्डौ । अर्बपति अमेरिकी कारोबारी एवं अमेजनका संस्थापक जेफ बेजोसले मंगलबार अन्य ३ जनाका साथ अन्तरिक्ष यात्रा पूरा गरेका छन्।

यो यात्रामा बेजोसका साथ उनका भाइ मर्का, ८२ वर्षीया पूर्वपाइलट वैली फन्क र १८ वर्षीय ओलिभर डायमेन थिए। यो १० मिनेट १० सेकेन्डको यात्रा थियो। त्यसपछि उनीहरु प्यारासुटका माध्यमबाट धर्तीमा फर्किएका थिए। 

वैली अन्तरिक्षमा जाने पहिलो सबैभन्दा बढी उमेरकी महिला बनेकी छन् भने ओलिभर सबैभन्दा कम उमेरका व्यक्ति बनेका छन्। आफ्नो यात्राका बारेमा बेजोसले भने, ‘एस्ट्रोनोट बेजोसको सबैभन्दा स्मरणीय दिन।’

यो यात्रा बेजोसको कम्पनी ब्लु ओरिजनको अन्तरिक्ष यान ‘न्यु सेफर्ड’ बाट गरिएको थियो। ब्लु सेफर्डलाई अन्तरिक्ष पर्यटनलाई बढावा दिने हिसाबले डिजाइन गरिएको छ। यसमा ठूलठूला झ्याल रहेृका छन् । ता कि यसमा सवार यात्रुले अन्तरिक्षबाट धर्तीको सुन्दरता अवलोकन गर्न सकून्।

यो यानले मंगलबार अमेरिकाको टेक्सासबाट अन्तरिक्षको उडान भरेको थियो। अन्तरिक्षमा पुगेपछि यात्रुले करिब ४ मिनेटसम्म भारहीनताको अनुभव गरेका थिए। उनीहरुले आफ्नो सिटको पेटी खोलेर हावामा तैरिँदै सुखद् अनुभव बटुले। – एजेन्सी