काठमाण्डौ । अर्बपति उद्योगपति गौतम अडानी फोर्ब्स पत्रिकाको रियल टाइम अर्बपतिहरुको सूचीमा २२ औँ स्थानमा झरेका छन्। कुनै समय अडानी यो लिस्टको शीर्ष ३ मा रहेका थिए।
अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्गको रिपोर्टपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा गिरावट आउने क्रम जारी छ। गौतम अडानीको कुल सम्पत्ति अहिले ५८ अर्ब डलर छ।
हालसम्म उनको कुल नेटवर्थमा २१.८९ प्रतिशतले गिरावट आएको छ, जुन १६.३ अर्ब डलर पुगेको छ।
फोर्ब्सको रियल टाइम अर्बपतिहरुको सूचीमा मुकेश अम्बानी ११ औँ स्थानमा छन्। मुकेश अम्बानीको कुल सम्पत्ति ८२.७ अर्ब डलर छ। उनको कुल सम्पत्तिमा पनि ५६.८ करोडको गिरावट आएको छ। –एजेन्सी
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
1 day ago
1 day ago
1 day ago