काठमाण्डौ । भारतीय सेयर बजार अहिलेसम्म उच्च स्तरमा पुगेको छ।
आज बजार खुलेसँगै सेन्सेक्ट ६७ हजार ७७१ को विन्दुमा उक्लिएको छ। जुन हालसम्मकै उच्च हो। आज सेन्सेक्स १६१ अंकले बढेर ६७६२७ को विन्दुमा खुलेको थियो।
यसैगरी निफ्टी पनि ९० अंकले बढेर कारोबार भइरहेको छ। निफ्टी पनि खुल्ना साथ ४६ अंकले बढेको थियो। अहिले २० हजार १६७ को विन्दुमा कारोबार भइरहेको छ। जुन हालसम्मकै उच्च हो।
विगत १ वर्षमा सेन्सेक्सले १२ प्रतिशत बढीले उकालो लागिसकेको छ। गत वर्ष सेप्टेम्बर १४ मा सेन्सेक्स ६० हजार ३४६ मा बन्द भएको थियो।
निफ्टी पनि पछिल्लो १ वर्षको अवधिमा ११ प्रतिशतले बढेको छ। –एजेन्सी
33 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago