काठमाण्डौ । जागिरबाट अवकाशपछि तपाइँसँग निश्चित रकम हुन्छ। त्यही रकमले तपाइँले आफ्नो बाँकी जीवनको गुजारा चलाउनुपर्ने हुन्छ। 

विशेषज्ञहरु यदि अवकाशपछि तपाइँ आफूसँग भएको निश्चित पुँजीबाट राम्रो प्रतिफल (रिटर्न) चाहनुहुन्छ भने सेयरमा लगानी गर्न सुरु गर्नुपर्ने सुझाव दिन्छन्। तर धेरैजसो मानिस अवकाशपछि प्राप्त रकम सेयरमा लगानी गर्न चाहँदैनन्। कारण, सेयर बजारमा रिस्क धेरै हुन्छ। उनीहरु रिस्क लिन चाहँदैनन्। 

विशेषज्ञहरु भने सेयर बजारमा रिस्क भए पनि उच्च प्रतिफलका लागि लगानी गर्नुपर्ने बताउँछन्। यसका लागि यी कुरालाई ध्यानमा राख्न पनि उनीहरु सुझाव दिन्छन् । 

महँगीभन्दा धेरै रिटर्न

पहिलो कुरा कोही पनि अवकाशप्राप्त व्यक्तिलाई आफ्नो पुँजीमाथि महँगीको तुलनामा धेरै रिटर्न आवश्यक हुन्छ। यदि लगानीको तुलनामा महँगी दर बढ्दो छ भने तपाइँले सचित रिटर्न पाउनुभएको छैन। मतलब तपाइँ आफ्नो पुँजी रकमलाई त्यत्तिकै राखिराख्नुभएको छ। जुन केही वर्षमै सकिनेछ। त्यसैले महँगी दरभन्दा बढी प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी गर्नु उचित हुँदैन। त्यसैले रिस्क मोलेर भए पनि सेयरमा लगानी गर्नु फाइदाजनक हुनेछ। 

आउँदो पिढीका लागि धनको सुरक्षा

यदि कोही व्यक्ति आफ्नो अवकाशपछि प्राप्त रकम सेयरमा लगानी गर्दैन भने ऊ पुँजीवृद्धिबाट चुक्नेछ। यदि कोही व्यक्ति आफ्नो आउँदो पिढीका लागि पुँजीवृद्धि गर्न चाहन्छ भने उसले राम्रा कम्पनीका सेयरधनीहरुमा लगानी गर्दा उचित हुन्छ । तर कुनै निश्चित रकम प्राप्त हुने क्षेत्रमा लगानी गर्दा समयअनुसार महँगी बढ्दै जाँदा पुँजी वृद्धि भने न्यून हुन जान्छ। यसले भविष्यमा आवश्यक क्षेत्रमा चाहिने पैसा कम पर्न जान सक्छ। त्यसैले भविष्यमा राम्रो पुँजी वृद्धिका लागि सेयरमा लगानी नै उचित हुन्छ। 

सेयरमा लगानी जुवा होइन

कतिपय सेवानिवृत्तहरु आफूसँग भएको रकम घट्दो ब्याजदरका कारण ब्याज कम प्राप्त भइरहेको गुनासो गर्छन्। यसका बाबजुद पनि उनीहरु सेयरमा लगानी गर्ने निर्णय गर्दैनन्। तर उनीहरुले आफ्नो पुँजीको उचित परिचालन गर्नुपर्छ । त्यसका लागि सेयरमा लगानी गरेर फाइदा उठाउन सकिन्छ। 

सेयरमा लगानीको मतलब दैनिक ट्रेडिङ होइन। तर अधिकत्तरलाई सेयरमा लगानी जुवाजस्तै भन्ने लाग्छ। सेयरमा लगानी जोखिम हुन्छ तर कतिपय यस्ता कम्पनी हुन्छन्, जसका सेयरमा निकै कम उतारचढाव हुन्छ । जसले निश्चित समयमा उचित प्रतिफल दिन्छन्।

कस्ता सेयरमा गर्ने लगानी ?

सेयरमा लगानी गर्दा पहिले कम्पनीका प्रोफाइल अध्ययन गर्न जरुरी हुन्छ। त्यस्ता कम्पनीको वार्षिक लाभांश इतिहास पनि हेर्नुपर्ने हुन्छ। बजारमा त्यस्ता कम्पनीको प्रदर्शन कस्तो छ, त्यो पनि ध्यान दिन जरुरी हुन्छ। अवकाश प्राप्त व्यक्तिले यी कुरामा ध्यान दिनुका साथै बजार जानकारहरुसँग रायसल्लाह पनि लिनुपर्छ । बजारमा उत्कृष्ट प्रदर्शन गरिरहेका राम्रा कम्पनीहरुमा लगानी गर्दा उचित हुन्छ।

यसो पनि गर्न सकिन्छ

तपाइँ सेवानिवृत्त हुनुहुन्छ। तपाइँसँग निश्चित रकम छ भने तपाइँ २ वर्षको आवश्यक खर्चका लागि निश्चित रकम छुट्याउनुहोस्। त्यसलाई ५ वर्षसम्मका लागि एउटा निश्चित आम्दानी हुने ठाउँमा लगानउनुहोस्। यसले तपाइँको घरायशी खर्च टर्छ। अब बाँकी रहेको रकम भने कुनै उचित कम्पनीकिो सेयरमा लगानी गर्नुहोस्। जसले तपाइँलाई वार्षिक रुपमा उचित प्रतिफल दिन्छ।