काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले उर्लाबारी नगरपालिकालाई पहिलोपटक सुविधासम्पन्न दमकल हस्तान्तरण गरेको छ। 

नेसनल  फायर सेफ र आइएमई मोटर्सको संयुक्त सहकार्यमा दमकल उर्लाबारी नगरपालिकालाई हस्तान्तरण गरिएको हो। उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पूर्व क्षेत्रका पत्रकारहरुको उपस्थितिमा आयोजि एक कार्यक्रममा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशील राणा थापा साथै नेसनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीद्वारा एक थान दमकल हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख फागोले सुविधासम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलोपटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए। उनले यसका साथै आगालागीका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामका लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए। 

दमकलले आफ्नो नगरपालिकासहित अन्यत्र जहाँ आगलागिका घटनाहरु हुन्छन्, त्यहाँ जति सक्दो छिटो पुगेर नियन्त्रणके लागि प्रभावकारी कार्य गर्ने फागोले प्रतिबद्धता जनाए। खरिद गरिएका सामानको सुरक्षा गर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउन दमकलका कर्मचारीलाई उनले निर्देशन पनि दिए।