काठमाण्डौ । आइएमई मोटर्सले दसैँतिहारलाई लक्षित गरी अशोक लेल्यान्ड गाडीहरुमा ‘चाडपर्व, हर्षको बहार, लैजानुहोस् छानी–छानी उपहार’ अफर सार्वजनिक गरेको छ।

यो अफरआन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुईजानलाई थाइल्यान्ड टुर पाउनेछन्।

आईसीभी, ट्रक, टिप्पर र आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुईजानालाई सिंगापुर टुर पाउनेछन्। एम एन्ड एचसीभी, ट्रक, टिप्पर र एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एकजानलाई युरोप टुरमध्ये एक छानेर लिन सक्नेछन्।

कम्पनीले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दीमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधनहरु खरिद गर्न सक्नेछन्। अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सीमित अवधिका लागिमात्र लागू गराइएको जनाइएको छ।

रेमिट्यान्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ। 

आइएमई मोटर्सले विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक, टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ। यसका साथै आर्मी र पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।